९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

आईपीएलको १००० औं खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो

आईपीएलको १००० औं खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो
अ अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा चेन्नईले लिगको १००० औं खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । पहिलो इनिङ्समा रविन्द्र जडेजाले ३ विकेट लिए भने अजिंक्य रहाणेले १९ बलमा प्रतियोगिताको सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । दुवै सिएसकेको जितका नायक थिए ।

चेन्नईले ५ वर्षपछि घरेलु मैदानमा मुम्बईलाई हराएको हो । यो जितसँगै चेन्नई अंक तालिकाको चौथो स्थानमा पुगेको छ । वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा चेन्नईले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर बलिङ रोजेपनि मुम्बईले राम्रो सुरुवात गरेको थियो । टोलीले बिना कुनै क्षति ३८ रन बनाएको थियो । रोहितको कप्तानीमा रहेको मुम्बईले ओपनर ६७ रनमा आउट भएपछि लगातार विकेट गुमाउन थाल्यो । मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । तर, टिम डेभिडले २१ बलमा ३१ रन बनाएर खेलको स्कोर १५० पुगेको थियो ।

१५७ रनको मध्यम स्कोरको रक्षा गर्दा मुम्बईका बलरहरूले प्रभाव पार्न सकेनन् । पहिलो ओभरमा चेन्नईलाई जेसन बेहरेनडोर्फले स्तब्ध बनाएका थिए तर पछि रहाणे र गायकवाडले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे । यो साझेदारीपछि खेल चेन्नईको पक्षमा आयो । सिएसकेका लागि शिवम दुबेले २८ र अजिंक्य रहाणेले ६१ रन बनाए । डेभन कोनवे शून्य रनमा आउट भए । मुम्बईका पियुष चावला, कुमार कार्तिकेय र जेसन बेहरेनडर्फले पनि एक एक विकेट लिए ।

चेन्नई सुपर किंग्सबाट डेब्यु गरेका अजिंक्य रहाणे मुम्बईविरुद्ध नम्बर ३ मा ब्याटिङ गर्न आएका छन् । उनले यो अवसरको सदुपयोग गर्दै १९ बलमा अर्धशतक पूरा गरे । यो आईपीएल सिजनको सबैभन्दा छिटो अर्धशतक हो । उनले कोलकाताका शार्दुल ठाकुर र राजस्थानका जोस बटलरलाई पछि पारे । दुवैले २० बलमा अर्धशतक बनाएका थिए । रहाणेले दोस्रो विकेटका लागि गायकवाडसँग ४४ बलमा ८२ रनको साझेदारी गरे ।

१५८ रनको लक्ष्य पछ्याएको चेन्नईलाई पहिलो ओभरमा नै डेभन कोनवेको रूपमा झटका लाग्यो । उनी खाता नखोल्दै जेसन बेहरेन्डर्फले उनलाई बोल्ड गरेका थिए । त्यसपछि आएका अजिंक्य रहाणेले पावरप्लेमा नै अर्धशतक पूरा गरे । उनले ऋतुराज गायकवाडसँग मिलेर ६ ओभरमा टोलीको स्कोर ६८ रनमा पुर्याएका थिए ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । ओपनर इशान किशनले २१ बलमा ३२ रनको संघर्षपूर्ण इनिङ्स खेले भने टिम डेभिडले २२ बलमा ३१ रन बनाए । तिलक वर्माले २२ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनर र तुषार देशपाण्डेले २–२ विकेट लिए ।