६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई पछि पार्दै शाहरुख विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति



अ+ अ-

एजेन्सी । टाइम म्यागजिनको रिडर्स पोलमा बलिउड स्टार शाहरुख खान सबैभन्दा प्रभावशाली व्यक्तित्व बनेका छन् । २०२३ टाइम १०० पोलमा शीर्ष स्थानमा रहेका किङ खानले ४ प्रतिशत भोट पाएका छन् । दोस्रो नम्बरमा बुर्का र हिजाबको विरुद्धमा प्रदर्शन गर्ने इरानी महिलाहरूको समूह छ ।

विश्वभरका कोभिड स्वास्थ्यकर्मीहरू तेस्रो नम्बरमा थिए । बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती चौथो र फुटबलर लियोनल मेसी पाँचौं नम्बरमा छन् ।

टाइम म्यागजिनका अनुसार यस सर्वेक्षणमा विश्वभरबाट १२ लाख मानिसले भाग लिएका थिए र मतदान गरेका थिए । यस पोलमा शाहरुखले ४ प्रतिशत, दोस्रो नम्बरमा रहेका बुर्काको विरोध गर्ने इरानी महिलाले ३ प्रतिशत मत पाएका छन् । इरानी महिलाले म्यागजिनको सन् २०२२ को वर्ष व्यक्तिको उपाधि पनि प्राप्त गरिसकेका छन् ।

यस्तै, राजकुमार ह्यारी र मेगन चौथो नम्बरमा छन्, जसले १.९ प्रतिशत भोट पाएका छन् । जब ह्यारीले यस वर्ष आफ्नो जीवनी स्पेयरको लागि हेडलाइन बनाए, मेघनले आर्चेटाइप्स भनिने पोडकास्ट होस्ट गरे । यही कारण थियो कि दुबै शाही परिवारका सदस्यको बारेमा धेरै चर्चा भएको थियो । फुटबलर लियोनल मेसी १.८ प्रतिशत भोटका साथ पाँचौं स्थानमा छन् ।