२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई पछि पार्दै शाहरुख विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति



अ+ अ-

एजेन्सी । टाइम म्यागजिनको रिडर्स पोलमा बलिउड स्टार शाहरुख खान सबैभन्दा प्रभावशाली व्यक्तित्व बनेका छन् । २०२३ टाइम १०० पोलमा शीर्ष स्थानमा रहेका किङ खानले ४ प्रतिशत भोट पाएका छन् । दोस्रो नम्बरमा बुर्का र हिजाबको विरुद्धमा प्रदर्शन गर्ने इरानी महिलाहरूको समूह छ ।

विश्वभरका कोभिड स्वास्थ्यकर्मीहरू तेस्रो नम्बरमा थिए । बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती चौथो र फुटबलर लियोनल मेसी पाँचौं नम्बरमा छन् ।

टाइम म्यागजिनका अनुसार यस सर्वेक्षणमा विश्वभरबाट १२ लाख मानिसले भाग लिएका थिए र मतदान गरेका थिए । यस पोलमा शाहरुखले ४ प्रतिशत, दोस्रो नम्बरमा रहेका बुर्काको विरोध गर्ने इरानी महिलाले ३ प्रतिशत मत पाएका छन् । इरानी महिलाले म्यागजिनको सन् २०२२ को वर्ष व्यक्तिको उपाधि पनि प्राप्त गरिसकेका छन् ।

यस्तै, राजकुमार ह्यारी र मेगन चौथो नम्बरमा छन्, जसले १.९ प्रतिशत भोट पाएका छन् । जब ह्यारीले यस वर्ष आफ्नो जीवनी स्पेयरको लागि हेडलाइन बनाए, मेघनले आर्चेटाइप्स भनिने पोडकास्ट होस्ट गरे । यही कारण थियो कि दुबै शाही परिवारका सदस्यको बारेमा धेरै चर्चा भएको थियो । फुटबलर लियोनल मेसी १.८ प्रतिशत भोटका साथ पाँचौं स्थानमा छन् ।