१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता हुँदै

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता हुँदै
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।
शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा नेकपा(मशाल) सँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भुमिका, जनवादी केन्द्रियताको संगठन सञ्चालन पद्धती, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरु रहेको नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले जानकारी दिनुभयो । उहाँले पार्टी एकतासँगै नयाँ क्रान्तिको शुरुवात गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आजको दिन धेरै खुशीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपी यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान ऐतिहासिक अभियान हो । त्यसकारणले हामीलाई धेरै खुशी लागेको छ । म सबभन्दा पहिले त दुई पार्टीको तर्फबाट संयुक्त वक्तव्य वाचन गरेर सुनाइयो । त्यो संयुक्त वक्तव्य अनुसार अगाडी बढ्ने कुरामा हाम्रो पार्टीको तर्फबाट दृढ प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

दोस्रो कुरा हामीले जुन पार्टी एकता गरेका छौँ । यो पार्टी एकताको प्रक्रियामा पार्टी एकताका हाम्रा आधारहरु छन्, अभिव्यक्तिहरु छन् माक्र्सवाद, लेनिनवाद, माओवाद । नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद हाम्रो राजनीतिक कार्यदिशा । क्रान्तिमा बल प्रयोगको भुमिका अनि वर्तमान राज्यसत्ता र व्यवस्थाको बिरोध । सर्वहारा अन्तर्राष्ट्रियवाद । महान जनवाद सांस्कृतिक क्रान्ति प्रतिको प्रतिवद्धता । र जनवादी केन्द्रियताको आधारमा संगठन सञ्चालन भनेर संक्षिप्तमा बुँदागत रुपमा जुन विषयहरु प्रश्तुत गरिएका छन् ।

हामी त्यसकै अनुसार अगाडी बढ्नेछौँ । हामी नयाँ एकिकृत दस्तावेजहरु यसकै आधारमा तयार पार्नेछौँ । यो एकता वर्तमान राज्यसत्ता र व्यवस्थाको बिरोध र विकल्पमा नयाँ राज्यसत्ताको स्थापना र सामाजिक क्रान्ति । राज्यमा चलिरहेका आधारभुत र ज्वलन्त समस्याहरुको समाधान र अहिलेको दलाल तथा नोकरशाही पुँजिवाद । सामन्तवादका अवशेषहरु ।

साम्राज्यवाद र बिस्तारवादका उत्पीडनहरु र नेपाली कम्युनिष्ट आन्दोलनमा वर्चस्व जमाउँदै आएको दक्षिणपन्थी सर्मपणवादका बिरुद्ध दृढतापूर्वक संघर्ष गर्दै क्रान्तिको झण्डालाई उचो बनाउनेछौँ । नेपालको इतिहासमा थुप्रै शहीदहरुले महान जनयुद्धको प्रक्रियामा र अमर सहिदहरु र बेपत्ता योद्धाहरुले प्राणको आहुति दिनुभएको छ । विगतको आन्दोलनको जगमा उभिएर फेरीपनि हामीले नयाँ क्रान्तिको शुरुवात गर्नेछौँ । हाम्रो प्रतिवद्धता यही हो ।’

पत्रकार सम्मेलनमा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरु संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताउनु भयो । उहाँले सबै कम्युनिष्टहरुलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गर्नुभयो । उहाँले अब क्रान्तिकारी कम्युनिष्टहरु देशको मुल प्रवाह बन्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब कोहीपनि क्रान्तिकारी कम्युनिष्टहरु वामपन्थीहरु बाहिर नबसौँ । सबै संगठित भएर एउटा विशाल शक्ति बनाऔँ । अब ऐतिहासिक तेस्रो जनआन्दोलन नेपालमा घोषणा गरौँ । त्यसलाई सफल पारेर नै हामी नयाँ नेपाल बनाउन सक्छौँ । त्यसकारण म हाम्रो पार्टीको तर्फबाट, संयोजन समितिको तर्फबाट म के आह्वान गर्न चाहन्छु भने सबै जना अब यो एकता प्रक्रियामा सामेल हौँ । अब मुल प्रवाह दक्षिणपन्थी अवसरवादी, कम्युनिष्टहरु हुने छैनन् । अब क्रान्तिकारी कम्युनिष्टहरु नै देशको मुल प्रवाह बन्नेछन् । यो विश्वासका साथ हामी अगाडी बढौँ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो एकताले नेपालको क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गर्न र नेपालमा जुन संसदीय व्यवस्था जसको कारणले अहिले देश आक्रान्त बनेको छ । नेपाली जनता प्रताडित छन् । र देशले वैकल्पिक राजनीतिक प्रणालीको माग गरेको छ । राजनीतिक व्यवस्थाको माग गरेको छ । त्यो व्यवस्था भनेको निश्चित रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवाद बाहेक अर्को हुन सक्दैन त्यो व्यवस्था स्थापना गर्नको निम्ति यसले सिंगो नेपाली जनताहरुलाई, क्रान्तिकारीहरुलाई एकतावद्ध गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।