१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

स्वर्णिमप्रति शेखर कोईरालाको कटाक्ष: अवसरवादीहरुबाट जोगिनुहोस्

स्वर्णिमप्रति शेखर कोईरालाको कटाक्ष: अवसरवादीहरुबाट जोगिनुहोस्
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष बताउनुभएको हो ।

उहाँले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु साधवन हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोईरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्नपनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले अहिले सकेको छैन, संविधानमा नै श्रम आयोग बनाउनको लागि मैले लडिरहने हो, नेपाली काँग्रेसको विधानमा श्रमीकहरुलाई केन्द्रिय समितिमा ल्याउने र सँगै संसदमा श्रमीकहरुको पनि हामीले व्यवस्था गर्ने हो । यति मैले गर्नसके मलाई लाग्छ, मैले न्याय गरेको ठहरिन्छ, म कोशिष गर्दैछु, मेहनत गर्दैछु । तर आफू ठाउँमा भइसकेपछि मात्रै धेरै कुरा गर्न सकिँदो रहेछ, तर समय आउँदैछ, त्यो समयलाई तपाईहरुले पनि पर्खिनुहुनेछ, समय आएर म पुगेपछि गरिन भने तपाईहरुले औंला ठड्याउन सक्नुहुनेछ ।’

‘विभिन्न मिडियाहरुमा, विभिन्न खाले समाचार आइरहेको देख्नुभएको छ । अहिले समाचार आइरहेको छ, टेलिकम सम्बन्धी समाचार, त्यो समाचार, एकातिर देशको अर्थतन्त्र धराशायी बन्ने अवस्थामा छ, भोलि के हुन्छ हामीलाई हामी थाहा छैन । हामी भन्नसक्ने अवस्थामा छैनौँ तर हामी पक्कै पनि पाकिस्तान र श्रीलंका हुन दिँदैनौँ, हुँदैन । हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ ।’

‘हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ, राजश्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलव खुवाइरहेका छौँ । अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्शान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसीएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईहरुले ।’