२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: कोलकत्ता र बेंग्लोर खेल्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज बिहिबारको खेलमा कोलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदैछ ।

कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ ।

आज दुवै टोलीको यस सिजनको दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा बेंग्लोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको थियो। बेंग्लोर आजको खेलमा पनि जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

यस्तै, कोलकत्ताले पहिलो खेलमा पन्जाबसँग डीएल मेथडमा ७ रनले पराजित भएको थियो । कोलकत्ता घरेलु मैदानमा पहिलो जितको खोजीमा रहेको छ।

हेड टु हेड:

आइपिएलमा बेंग्लोर र कोलकत्ताबीच हालसम्म ३० खेल भएको छ । जसमा कोलकत्ताले १६ तथा बेंग्लोरले १४ खेलमा जित हात पारेको छ ।

पछिल्लो पाँच खेलमा बेंग्लोरले तीन र कोलकत्ता दुई खेलमा विजयी भएका छन् ।




भर्खरै