२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन: विद्यार्थी संगठनबीच चैत्र ३० गते स्थगित क्याम्पसहरूमा एकैसाथ चुनाव गर्ने सहमति



अ+ अ-

काठमाडौं । चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसहरूमा चैत ३० गते एकैसाथ हुने भएको छ । संयुक्त विद्यार्थी संगठहरुबीच चैत ३० मा स्थगित क्याम्पसहरूमा एकैसाथ निर्वाचन गर्ने सहमति भएको हो ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने हस्ताक्षरसहितको समझदारी भएको छ ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा विद्यार्थी भर्ना विवादले रोकिएका क्याम्पसहरूमा विवादित विषयमाथि छानबिन गरी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।