२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी नामकरण: पहिचानको पक्षमा उभिने माओवादीको निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी नामकरणको विषयमा पहिचानको पक्षमा उभिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि सञ्चारकरमीहरुसँग बोल्दै प्रवक्ता कृष्णबहादुर महराले उक्त निर्णय सुनाएका हुन् ।
‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ ।’, महराले भने, ‘त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो कमजोरी भएको छ ।’

नामाकरणपछि पहिचानको आन्दोलनको क्रममा मृत्यू भएकाहरूलाई सहिद घोषणा गर्न र राहतको लागि सरकारसँग माग गरेको महराले बताए । यस्तै, मिटरव्याजपीडितको आन्दोलनमा पार्टीको समर्थन कायमै रहेको उनले बताए ।