३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बागलुङको नरसिंहकोटमा थपिँदै पर्यटन पूर्वाधार

बागलुङको नरसिंहकोटमा थपिँदै पर्यटन पूर्वाधार
फाईल फोटो
अ+ अ-

ढोरपाटन । उदीयमान सहर बुर्तिबाङको शिरमा छ नरसिंहकोट । बागलुङको निसीखोला गाउँपालिका–७ मा स्थित नरसिंहकोटको धार्मिक, पर्यटकी तथा ऐतिहासिक रूपमा निकै चर्चित ठाउँ हो ।

पर्यटकीय हिसाबले चर्चित भए पनि पूर्वाधार नबन्दा केही वर्ष अगाडिसम्म पर्यटकको आगमन न्यून थियो । जब निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दियो, त्यसपछि यहाँ दैनिकी पर्यटक आउन थालेका छन् । गाउँपालिकाले पनि नरसिंहकोटलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जुटेको छ ।

नरसिंहकोट पुरोना राज्यसमेत भएको हुँदा यहाँ पर्यटकहरू बढी आउने गरेको पाइन्छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको धेरै ठाउँमा विभिन्न राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ । त्यसमध्ये नरसिंहकोटमा पनि भूरे राजाले राज्य सञ्चालन गरेको इतिहास छ । पहिले राज्य सञ्चालन भएको यस ठाउँ प्राकृतिक रूपमा मनोरम हुँदा आगन्तुकको आकर्षण बढ्दो छ । केही वर्षयता यहाँ निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य निर्माण गर्न मठमन्दिर लगायतका संचरना निर्माण गरिरहेको छ । तत्कालीन अवस्थामा भूरे राजाले दरबार बनाएर करिब आठ वर्ष राज्य सञ्चालन गरेको स्थानीय ८३ वर्षीय टीकाबहादुर कुँवर बताउनुहुन्छ ।

करिब एक दशक राज्य सञ्चालन गर्दा यहाँ राजा बस्ने दरबार, पौवाहरू निर्माण भएको र विस्थापित भएपछि सबै संचरनाहरू जीर्ण भएर भत्किएको कुँवरले बताउनुभयो । दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासीको भनाइ छ । यस ठाउँमा राजकुट पनि छ । राजकुट र नरसिंहकोटको सम्बन्ध रहेको बूढापाका बताउँछन् ।

नरसिंहकोटमा राजा कुटिएका थिए

नरसिंहकोट र राजकुटको नजिक–नजिक पर्छन् । नरसिंहकोट अग्लो डाँडामा छ भने त्यही तलतिर राजकुट गाउँ छ । ‘राजकुट’ तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको कुँवरको भनाइ छ । ‘नरसिंहकोट’ भने राजाले पूजाआजा गर्ने नरसिंह देवताको नामबाट नामकरण भएको कुँवरले बताउनुभयो । भूरे राजा र प्यूठानी राजाबीच युद्ध भएको र प्यूठानी राजले भूरे राजाको वंश नाश गरी दिएसँगै उहाँका सयौँ सिपाहीहरूको युद्धमा ज्यान गएको कुँवर बताउनुहुन्छ ।

उहाँका अनुसार प्यूठानी राजाले भूरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरूको स्मृतिमा नरसिंहकोटमा ‘नरसिंह मन्दिर’ निर्माण गरिएको बताउनुभयो । उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको कुँवरको भनाइ छ ।

नरसिंहकोटमा अहिले पनि अहिले पनि मन्दिर छ । अहिले गाउँपालिकाले मन्दिरको जीर्णोद्वार गरेको छ । मन्दिर जीर्णोद्वारपछि चिटिक्क बनेको छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा समेत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

केही वर्ष अगाडिसम्म दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन् । अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने उनीहरूको भनाइ छ् । राजाले राज गरेको क्षेत्रमध्ये हाल गरिब एक सय रोपनी गुठीको जग्गा रहेको छ । त्यसमध्ये केही खेत र केही बाँझो जमिन बताइएको छ । ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ ।

पूर्वाधार थप्दै स्थानीय सरकार

स्थानीय सरकार गठनपछि निर्वाचित जनप्रतिनिधिले थालेको नरसिंहकोट प्रवरद्धन अभियान अहिले पनि सञ्चालन भइरहेको छ । राजा विस्थापित भएपश्चात् निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरिरहेको छ । राजकुटमा पर्ने नरसिंहकोट निसीखोलाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचत छ । अग्लो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको नरसिंहकोटले आन्तरिक मात्रै नभई विदेशी पर्यटकलाई पर्खिरहेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकसमेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले (दीपु) जानकारी बताउनुभयो । दैनिकजसो आन्तरिक पर्यटक मन्दिरमा आउने गरेको बताउनुभयो । बुर्तिबाङ बजारदेखि नजिक रहेको हुँदा गाडीमा १ घण्टा र पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ ।

अध्यक्ष कुँवरका अनुसार पर्यटन पदमार्ग निर्माणसँगै पर्यटन पार्क, पाटी, पौवा, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुन: निर्माण लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा निसीखोला गाउँपालिकाबाट ११ लाख र गण्डकी प्रदेश सरकारबाट विनियोजित रु आठ लाखले कालिका मन्दिर निर्माणसँगै पदमार्ग विस्तार गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष कुँवर भन्नुहुन्छ, “अहिले नरसिंहकोटलाई फरक देख्न पाइन्छ, पहिलेको तुलनामा अहिले धेरै व्यवस्थित भएको छ, यहाँसम्म आउने सडक, पदमार्गलाई पनि हामीहरूले सहज बनाएका छौँ, त्यही भएर पनि होला पर्यटकहरू सधैँ आउनुहुन्छ, अब बढी त बिदा र चाडपर्वको बेला आउनुहुन्छ, यो ठाउँ वनभोजका लागि उपयुक्त हुँदा धेरै मान्छेहरू वनभोजका लागि पनि आउँछन्, यहाँ अझै संरचना निर्माण गर्न बाँकी छ, बिस्तारै पूरा गर्दै जाने गरी काम भइरहेको छ ।”

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्लाहरू र उच्च पहाडी भेगहरूको अवलोकन गर्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकको केन्द्रमा रहेको हुँदा यहाँ भारतीय पर्यटकलाई बढी भित्र्याउन सकिने देखिन्छ । रासस