८ श्रावण २०८३, शुक्रबार
,
Latest
जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने सञ्चारमन्त्रीद्वारा नुवाकोटको विद्युत् सेवामा देखिएका समस्या समाधान गर्न निर्देशन वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यावहारिक नीति लागू गरिन्छः मन्त्री यादव दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज लिएर आउनेछु: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूलाई सजाय दिएरै छोड्ने दावि गरेका छन् ।

चितवनमा चुनावी अभियानमा रहेका लामिछानेले राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई दुख दिइरहेको टिप्पणी गरे।

‘आज केही हानी नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन्। रविले भने, हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु।’

लामिछानेले पदमा पुगेर शक्ति आर्जन गरेर दुरुपयोग गर्ने कुनै योजना नभएको बताएका छन् । उनले आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताए ।

देश निर्माण गर्न आफु एक्लै नभएर १९ जना सांसद साथीहरू संसदमा रहेको बताउदै उनले भने, ‘मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्। ती उजुरीहरूको जवाफ म दिँदै जाउला। तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ। ’