काठमाडौँ । अभिनेता दीपक राज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । बेलाबखत समसामयिक विषयवस्तुलाई लिएर व्यंग्य गरिरहने दिपकले रवि लामिछानेमाथि लागेको मुद्दालाई लिएर टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा मंगलबार ती उजुरी दर्ता भएका हुन् ।
यसैबीच, अभिनेता गिरीले लामिछानेमाथि एउटा मुद्दा आफूले पनि हाल्ने कि भन्दै व्यंग्य पारामा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका हुन् । पछिल्लो समय गिरी आफ्नो फिल्म ‘छक्का पञ्जा ४’ लाई लिएर दौडधुपमा थिए ।
उनले भनेका छन् – अलिकति फूर्सद पनि भो ‘के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछानेलाई…
लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा हुन लागेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज बुधबारका लागि सुनुवाइ तय भएको हो ।