२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश



अ+ अ-

पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको पुनः मतगणना गर्न आदेश दिएको छ ।

निर्वाचनमा ३ मतले पराजित भएपछि एमालेका उम्मेदवार पुष्कल थापाले पुनः मतगणना माग गर्दै जेठ १८ गते अदालतमा निवेदन दिएका थिए ।

उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अदालतका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

निर्वाचन आयोगले उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमल्सिनाले १६४३ मत पाएर विजयी भएको घोषणा गरेको थियो । उनका प्रतिस्पर्धी एमालेका थापाले १६४० मत पाएका थिए । अदालतले निर्वाचन आयोगको नाममा पुनः मतगणना गर्न आदेश दिएको हो ।

थापाले निवेदनमा निर्वाचन आयोग र वडाध्यक्ष तिमिल्सिनालाई विपक्षी बनाएका थिए ।