२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका तीन उम्मेदवार जसले आफैँलाई मत हाल्न पाउँदैनन्



अ+ अ-

काठमाडौँ । आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको थियो तर उहाँ राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव पनि उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेको सांसद पद दोहोरो नागरिकता प्रकरणका कारण सर्वोच्च अदालतले खारेज गरिदिएपछ सो निर्वाचन क्षेत्र पनि खाली छ ।

लामिछानेले पुन: नेपाली नागरिकता लिएपछि उहाँ पुन: चितवन–२ बाट उपनिर्वाचनमा उम्मेदवारी दिने हुनुभएको छ । रास्वपाले तनहुँ–१ बाट भर्खरै नेपाली कांग्रेस परित्याग गर्नुभएका डा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि रास्वपाबाटै बारा–२ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

तर रास्वपाका यी तीन जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा भने स्वयंलाई मत हाल्न नपाउने भएका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा रवि लामिछानेको नाम काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा रहेकाले उहाँ आफू उम्मेदवार भएको चितवन–२ बाट मतदान गर्न वञ्चित हुनुभएको छ ।

त्यस्तै डा वाग्लेको पनि मतदाता नामावलीमा चितवन–२ मा उहाँको नाम भएकाले उहाँले उम्मेदवारी दिएको तनहुँ–२ बाट उहाँले मतदान गर्न पाउनु हुनेछैन ।

खरेल पनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतदाता हुनुहुन्छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । अब उहाँले पनि आफू उम्मेदवार भएको बारा–२ बाट आफूलाई मतदान गर्न पाउनु हुनेछैन ।