२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट चार मन्त्रीको नाम गयो



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तार गर्न लाग्नुभएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागवण्डा नमिलेपछि चार जनाको मात्र नाम प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको छ।

उहाँले उपसभाति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम पठाउनुभएको छ । उपसभापति खड्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री, प्रवक्ता महत अर्थमन्त्री, रिजाल उद्योग र गुरुङ सहरी विकासमन्त्री बन्नुहुने बताइएको छ ।

नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ । कोइराला समूहले ३ वटा मन्त्रालय नपाए सरकारमा सहभागिता नजनाउने अडान राखेको छ ।