१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

कर्णाली प्रदेश: मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेश: मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै
अ अ+ अ-

सुर्खेत । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुन: विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । शुक्रबार बिहानैदेखि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने वा नदिनेबारे दलका शीर्ष नेताहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा छलफलमा जुटेका छन् ।

उक्त प्रदेशमा नेपाली कांग्रेस सत्ता बाहिर छ भने नेकपा (एमाले) ले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एमाले प्रदेशसभा अध्यक्ष विनोदकुमार शाहले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिनुभएको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन । सरकारको नेतृत्व आफूले पाउनुपर्ने सो दलले दावी गर्दै आएको छ । शुक्रबार बिहानदेखि बसेको कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शर्माको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रदेश संसदीय दलको बैठकलाई निर्देशन दिने बताइएको छ ।

गत पुस १० गते एमालेसहितको गठबन्धनमा नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) केन्द्रका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्री बन्नुभएको थियो । तर केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै राप्रपाले प्रदेश सरकारकालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कर्णाली प्रदेशमा एकल सरकार बनाउन कुनै पनि दललाई स्पष्ट बहुमत नभएकाले एमाले र माओवादी केन्द्र मिलेर सरकार चलाइरहेका छन् । मुख्यमन्त्री शर्माले सरकारबाट एमालेबाट सहभागी भएका मन्त्रीहरुलाई बर्खास्त गर्ने मनसाय बनाउनुभएको देखिएको छैन ।

त्यसैले एमाले सत्ताबाट नबाहिरिएको र कांग्रेस आफैँले नेतृत्व पाउनुपर्ने दावी गरिरहेको अवस्थामा कर्णाली प्रदेशमा कस्तो प्रकारको राजनीतिक समीकरण बन्छ भन्ने अवस्था देखिएको छैन ।

कूल ४० प्रदेशसभा सदस्य रहेको कर्णालीमा स्पष्ट बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० (सभामुखसहित), तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र गरी एक/एक जना सदस्य रहेका छन् ।