२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजीहरुलाई राजनीतिक दलहरुले संरक्षण गर्नुहुँदैन: डा. पौड्याल(भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गर्नुभयो । उहाँले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताउनु भयो । उहाँले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताउनु भयो । त्यसैगरी उहाँले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘खुल्लामञ्चमा बस्न दिइएन उहाँहरुलाई । खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेसबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने । कार्यदल बनाएको सरकारले भन्नेकुरा हामीले सुनेका छौँ । कार्यदलले के गर्दैछ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानून कहाँनिर संशोधन गर्नुपर्छ, कानून संशोधन गर्नुपर्‍यो । मेरो विचारमा मिटरब्याजलाई संविधानले पनि चिन्दैन । अर्थतन्त्रले नि चिन्दैन । कानूनले पनि चिन्दैन । नचिन्ने मिटरब्याजी कहाँबाट आयो ? हामीले किन त्यसलाई औपचारिकता दिइराखेका छौँ ? मलाई थाहा छैन । कानून छैन भने ल्याउनुपर्‍यो । तुरुन्तै ल्याउनुपर्‍यो ।

हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँहरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्‍यो । सबै राजनीतिक दलहरुलाई चुनौति हो यो । सबै राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका आफ्ना भोटरबाट आफ्ना समर्थकबाट भएका छन् भने त्यो हुन दिनुभएन । त्यो काम राजनीतिक दलहरुले गर्नुपर्‍यो ।’

डा. पौड्यालले मिटरब्याज गैरकानूनी भएको भन्दै त्यसका विषयमा जनचेतना जघाउनुपर्ने बताउनु भयो ।