२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा मेरो जित सुनिश्चित छः नेता भट्टराई(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रिय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई वैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा झैँ यसपटक पनि काँग्रेस नै विजयी हुने बताउनुभएको हो । उहाँले यस पटक विगतको भन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताउनु भया । नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तनहुँ १ मा नेपाली काँग्रेसकै जित सुनिश्चित छ । यसैपनि त्यो क्षेत्र नेपाली काँग्रेसले नै जितको क्षेत्र हो । अहिले पनि हामी गठबन्धनमा छौँ, विगतमा प्राप्त मत भन्दा बढी मत थप्न अहिले जति प्रतिष्पर्धी साथीहरु हुनुहुन्थ्यो टिकट लिनका लागि उहाँहरु र पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौँ । जित्ने आधार धेरै छन् । अरु भाषण मात्रै गर्छन् मैले काम नै पूरा गरेको छु । मैले गरेका कामहरुबाट नै मेले निर्वाचन जित्नेछु । गठबन्धनले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’

नेता भट्टराईले आफूले गरेका कामहरु नै आफ्नो जितका आधार भएको बताउनु भयो ।