१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

मन्त्री टुंगो लगाउन देउवानिवासमा कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

मन्त्री टुंगो लगाउन देउवानिवासमा कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
अ अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठक बस्दै छन् ।

मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।