२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइने



अ+ अ-

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आगामी चैत २३ गते भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने भएको छ । बुधवार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदबीच आपसी सहकार्यमा पिस म्याराथन सहित बिभिन्न कार्यक्रम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा बुद्ध जन्मभूमिमा खेलकुद आयोजना गरी लुम्बिनीको प्रचार प्रचारमा सहयोग गर्ने उल्लेख छ ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस’ मनाउने निर्णय गरेको थियो । पूर्व पर्यटनमन्त्री समेत रहनुभएका श्रेष्ठले लुम्बिनीमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवर्द्धनमा समेत सघाउ पु(याउने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताउनुहुँदै उहाँले समकालिन विश्वमा खेलकुद जित र हारको विषयमात्र नभएको बताउनुभयो । कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित यससँग आबद्ध विभिन्न देशका प्रतिनिधिहरु सहभागि हुनेछन् ।