१० मंसिर २०८१, सोमबार
,
Latest
भुवनेश्वर कुमार १० करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान (अन्तरवार्ता) तुषार देशपाण्डेलाई राजस्थान रोयल्सले ६ करोड ५० लाखमा किन्यो आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबन्डा, भोलि बेलुकीसम्म मन्त्रिपरिषद् विस्तार



file
अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । यद्यपि, कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे अझै टुंगो लागिसकेको छैन ।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ श्रेष्ठले पत्रकारहरुसँग भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्।’