१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठ्यो – रघुजी पन्त

सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठ्यो – रघुजी पन्त
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित हुँदापनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरुले पेस गरेको भन्दै त्यसप्रकारको कार्यशैलीको बिरोध गर्नुभयो । उहाँले प्रधानमन्त्री र मन्त्रिहरुले संसदलाई महत्व नदिएका बताउनु भयो । उहाँले सरकारको कारणले संसद प्रभावकारी हुन नसकेको भन्दै त्यसको दोष सम्पूर्ण सांसदहरुलाई लागेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यहाँ के देखियो भने प्रधानमन्त्री रमाउँदै, हल्लिँदै आउनुहुन्छ । उहाँलाई सत्ता पक्षको सचेतकहरुले हत्त न पत्त लुकाएर चेम्बरमा लैजानुपर्छ । किनभनेदेखि उहाँले प्रश्तुत गर्ने विधेयक अर्को मन्त्रीको नाममा हुन्छ । अर्थात विधेयक प्रश्तुत गर्न उहाँ आफ्नो नाम हटाउन लगाउनुहुन्छ । तर संसदमा आउनुहुन्छ । भित्र पनि पस्नुहुन्छ । उहाँलाई लुकाउन लानुपर्छ हत्त न पत्त प्रतिपक्षले उठाउला भनेर ।

कुनै मन्त्रीको महत्वपूर्ण काम भनेको आफुले सञ्चालन गर्ने आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयक संसदमा पेस गर्ने भन्दा कुनै महत्वपूर्ण काम हुन्छ ? हुँदैन सभामुख महोदय यति महत्वपूर्ण कामलाई उहाँले छोडेर उहाँ कहाँ जानुभयो थाहा छैन । तर यसले के देखिन्छ भने यो सरकारका मन्त्रीहरुले, यो सरकारका प्रधानमन्त्रीले संसदलाई कति महत्व दिएका छन् ? संसदको गरिमा बढाउन कति काम गरेका छन् र छैनन् भन्ने देखिन्छ । प्रधानमन्त्री माओवादी केन्द्रको हुनुहुन्छ ।

माओवादी केन्द्रको राजनीतिक दस्तावेज पढ्दा कहीँ पनि उहाँहरुले संसदीय व्यवस्था स्वीकार्नुभएको छैन । त्यो नस्वीकारेकै कारणले यो संसदको मर्यादा, गरिमा बढाउन उहाँहरुलाई चासो नभएको त होइन ? सरकारको अकर्मण्यताले, गतिहीनताले, सरकारको अदूरदर्शिताले, प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई बेवास्ता गरेका कारणले संसदमाथि प्रश्न उठेको हो ।’