१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देनको प्रश्नः गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारबो बैठकमा उहाँले मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको भन्दै त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको बताउनुभयो ।

एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यबद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्षीय कार्यकर्ताबाट पार्टीका प्रमुख सचेतकमाथि गरिएको दुर्व्यवहारको प्रयासप्रति उहाँले भर्त्सना गर्नुभयो । “म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?”, उहाँले भन्नुभयो ।

मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न उहाँले आग्रह गर्नुभयो ।

कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले त्यसलाई नजरअन्दाज गरेको बताउनुभयो । ‘पूर्वमा भएको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने क्रम बढेको उहाँको भनाइ थियो ।

पार्टीले सैद्धान्तिकरुपमा आफूहरु प्रदेश संरचनामा विमति राखेको भन्दै अध्यक्ष लिङ्देनले प्रदेश संरचना आर्थिक रुपमा बोझिलो र झञ्झटिलो भएको बताउनुभयो ।