१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

उपेन्द्रलाई चोर बाटोबाट संसद ल्याउन सरकारबाटै जालझेल भएको सिके राउतको आरोप

उपेन्द्रलाई चोर बाटोबाट संसद ल्याउन सरकारबाटै जालझेल भएको सिके राउतको आरोप
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारा २ मा हुने उपनिर्वाचनमा सरकारले जालझेल गरेको आरोप लगाउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सरकारले चोरबाटो बाट संसद्मा ल्याउन जालझेल गरेको आरोप लगाउनुभयो ।

उहाँले कसैलाई चोर बाटोबाट प्रवेश गर्न नदिने बताउनुभयो । डा राउतले उपेन्द्रलाई लक्षित गर्दै भन्नुभयो, “बारा २ मा हुने उपनिर्वाचन कुनै उम्मेदवारबीचको प्रतिस्पर्धामात्रै होइन । यो लोकतन्त्र कायम राख्ने र त्यसलाई मजाक बनाउनेबीचको प्रतिस्पर्धा हो । कसैलाई चोर बाटोबाट पसाउने कामको लागि जालझेल रचियो । बारा २ मा जबरजस्ती सीट खाली गर्न लगाइयो । जनताले दिएको जनमतको अपमान भयो । जनताले अपेक्षाका साथ मतदान गरेको छ ।”

सीट खाली हुनेबित्तिकै सरकारको मिलेमतोमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको उहाँको भनाइ थियो । उहाँले उपराष्ट्रपतिको निर्वाचनमा पनि धाँधली गरेर महिलाले पाइसकेको अधिकार खोस्न लगाएको बताउनुभयो ।

“कसैलाई मन्त्री बन्न छट्पटाहट छ । उहाँले पार्टीमा म मन्त्री नभएसम्म तिमीहरु पनि पाउँदैनौँ भन्ने खालको ध्येय छ । या त म हुन्छ नत्र कोही पनि हुँदैन । यस्ता नेताहरुको हत्या गर्ने, राजनीतिक कार्यकर्ताको हत्या गर्ने परिपाटी त्यहाँ छ । त्यो मन्त्री बन्न वैशाख १० मै निर्वाचन गराउन दबाब दिएर रोइकराइ गरेका छन्”, उहाँले भन्नुभयो ।

ठूलो मतान्तरले पराजित भएको चार महिना पनि नभएको र जनताले रिजेक्ट गरेको अवस्थामा जबरजस्ती फेरि उठाउन खोज्नु जनमतको अपमान भएको उहाँको भनाइ थियो ।

अध्यक्ष राउतले बारा २ का जनताले विद्रोह गरेर स्थानीय उम्मेदवारलाई नै जिताएर पठाउने दाबी गर्दै नेकपा ९माओवादी केन्द्र० का नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहलाई जनमत पार्टीमा भित्र्याएर बारा २ को उम्मेदवारको रुपमा अगाडि सार्ने बताउनुभयो ।