२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशीलको सरकारसँग माग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितका माग शीघ्र सम्बोधन गरी उनीहरुलाई न्याय दिन सरकारसँग माग गरेको छ ।

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार एक विज्ञप्ति जारी गर्दै मिटर ब्याज पीडितहरुले राजधानीमा गर्ने प्रदर्शनमा सहभागिता जनाउन र राजधानी आएका उनीहरुको खाना, पानी, बास जस्ता आधारभूत आवश्यकतामा गच्छेअनुसारको मद्दत गर्न पार्टी पंक्ति र शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा आफ्ना माग सरकारलाई सुनाउन १२ दिनको पैदल यात्रा तय गरेर बर्दिवासबाट काठमाडौँ आएका मिटरब्याज पीडितहरु, ती पीडितहरुलाई खुल्लामञ्च प्रवेशमा लगाइएको रोक, उनीहरुको सडक पेटीमा भएको बास र प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै गरेका उनीहरुलाई टंगालमै रोकिएका विषयहरु प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

“देशका नागरिकले राज्यलाई आफ्ना मागहरु सुनाउन काठमाडौंमै धाउनुपर्ने बाध्यात्मक अवस्थाले हाम्रो संघीयताको कार्यान्वयन कति फितलो छ र नागरिकका मागमा हाम्रो राज्यसत्ता कति उदासिन छ भन्ने प्रष्ट हुन्छ”, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बाँस्कोटाले नारामा मात्र सीमित ‘गाँउ गाँउमा सिंहदरबार’ लाई तुरुन्तै बलियो कानून बनाएर स्थानीय तह तथा प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने अनि जवाफदेही बनाउने तर्फ पनि सरकारले सोच्न आवश्यक रहेको उल्लेख गर्दै मिटरब्याजीलाई कारवाही गर्ने गरी कानून बनाउने र मिटरब्याज पीडितहरुसँग वार्ता गर्ने सरकारको मंगलबारको निर्णय स्वागत योग्य रहेको बताउनुभएको छ।

पार्टीले मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध संहिता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउने प्रक्रिया द्रुत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत “विशेष कार्यान्वयन अभियान” नै चलाएर मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउन समेत हामी सरकारसँग माग गरेको छ ।

आफ्ना माग पूरा नभएसम्म नफर्किने मिटरब्याज पीडितहरुको नैसर्गिक अधिकारको सम्मान गर्दै उनीहरुको आन्दोलनमा पार्टीका तर्फबाट तर्फबाट ऐक्यबद्धतासमेत जनाएको छ ।