६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र बङ्गलादेशको बराबरी



अ+ अ-

काठमाडौँ । बङ्गलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा नेपाल आयोजक बङ्गलादेशसँग बराबरीमा रोकिएको छ ।

ढाकामा मंगलबार भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो ।

नेपालका लागि आठौँ मिनेटमा सेनु परियारले गोल गरेकी थिइन् । तर बङ्गलादेशकी सागोरिकाले ७५औँ मिनेटमा बराबरी गोल फर्काइन् । यससँगै नेपालले चार खेलबाट चार अङ्क बनाएको छ ।

नेपाल यसअघिनै प्रतियोगिताबाट बाहिरिएको थियो ।