१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीनजना एटीसी निलम्बनमा



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना एटीसीलाई कारबाही गरेको छ ।

एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एटीसी निलम्बनमा परेका हुन् ।

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा र एयर इण्डियाको जहाज त्योभन्दा तल उडान गर्न अनुमति दिएकाले उनीहरु कारबाहीमा परेको प्राधिकरणले जनाएको छ ।

साथै यस विषयमा छानबिन गर्न समिति कमिटी गठन गरिएको छ । समितिको अध्ययन प्रतिवेदन नआएसम्मका लागि एटीसी निलम्बनमा रहनेछन् ।