३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ । म्युजियमभित्र उल्टो तस्बिर लिने (अपसाइड डाउन) लिनेहरूको आकर्षण देखिन्छ । उक्त म्युजियममा कुर्सी, टेबल, साइकललगायतका सामग्री उल्टो राखिएको छ । तस्बिर लिएपछि उल्टो नै देखिने गर्छ । अहिले म्युजियममा दैनिक सय/डेढ सय जना अवलोकनका लागि आउने गरेका छन् ।

महेन्द्रनगरमात्रै नभएर धनगढी र नेपालगन्जबाट समेत अवलोकनका लागि आउने गरेका छन् । त्यसैगरी म्युजियमभित्र पुरानो हेलिकोप्टर र स्विमिङ पुललगायत यस क्षेत्रका पर्यटकीयस्थलको तस्बिरसमेत राखिएको छ । म्युजियममा यस क्षेत्रका रानाथारू पहिरनमा सजिएका डमी राखिएका छन् ।

“म्युजियमभित्र सुदूरपश्चिमका धार्मिकस्थल र यहाँका संस्कृति झल्किने सामग्री देख्न पाइन्छ”, म्युजियमका सञ्चालक क्याप्टेन उप्रेतीले भन्नुभयो, “अहिले यहाँ आउने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।”

आजदेखि म्युजियममा ‘एयरक्राफ्ट म्युजियम’ समेत सञ्चालनमा आएको छ । “कस्मिक एयरको फोकर–१०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो”, उप्रेतीले भन्नुभयो, “यसमा एकैपटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन् ।”

उहाँले ‘एयरक्राफ्ट म्युजियम’ समेत थपिएपछि सुदूरपश्चिम क्षेत्रको पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत यस म्युजियममा सुन्न सकिने बताउनुभयो । म्युजियमले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको स्थानीय चित्राङ्ग थापाले बताउनुभयो । “महेन्द्रनगरमा पर्यटकको नयाँ गन्तव्यका रूपमा म्युजियम स्थापित भएको छ ।” थापाले भन्नुभयो, “म्युजियमले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याएको छ ।”

पछिल्लो समय म्युजियममा भारतको सीमावर्ती सहरबाट समेत अवलोकनका लागि आउने गरेका छन् । “फोटो र टिकटक बनाउनका लागि उत्कृष्ट स्थान भएकाले म्युजियममा आएका हाँै”, सोमबार म्युजियम घुम्न आएका शुक्लाफाँटाका कमला पन्तले भन्नुभयो, “यहाँ सुदूरपश्चिमका अन्य पर्यटकीयस्थलको फोटो पनि देख्न पाइयो ।”

सामाजिक सञ्जाल र टिकटकमा नयाँ–नयाँ ठाउँको भिडियो पोष्ट गर्न प्रतिस्पर्धा नै हुने गरेको देखिन्छ । “एक जना साथीको टिकटकमा यहाँको भिडियो देखेपछि मलाई पनि हेर्न मन लागेर आएको हुँ”, म्युजियम घुम्न आएका विकास क्षेत्रीले भन्नुभयो, “म्युजियममा धेरै कुरा हेर्न पाइयो ।” पछिल्लो समय यहाँ आएर टिकटक बनाउनेहरूको समेत भीड लाग्न थालेको छ ।
–––