५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा
अ+ अ-

काठमाडौँ । कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपिएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले कोशी प्रदेशमाथि जित निकाले सँगै लगाता तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । यससँगै एपिएफ एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाईन । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन् । कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रि २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिइन् ।

जितसँगै एपिएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । यता कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अंकका साथ अंकतालिकाको पुछार छ । कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।

प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न दिनको पहिलो खेलमा सूदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पनि ७ विकेटले पराजित गरेको छ । यससँगै मधेस प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ । यस्तै सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जित निकालेको छ । तेस्रो खेलबाट दोस्रो जित निकाल्ने क्रममा सुदूरले मधेसबाट पाएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी खेले । यसअघि कप्तान विन्दुर रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का ९ तथा कविता कुँवर १ रनमा आउट भएका थिए । मधेसका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट निकाले ।

जितसँगै सुदूरले ३ खेलमा ४ अंक जोडेको छ । सुदूर दोस्रो स्थानमा उक्लिएको छ । मधेस भने तालिकाको पुछारमा अंक बिहीन छ । प्रतियोगितामा अब खेल सोमवार हुनेछन् । सोमवार पहिलो खेल ललितपुर मेयर्स–११ र मधेस प्रदेश तथा दोस्रो खेल कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।