३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मौलाकालिका : छोटो समयको एक सुन्दर गन्तव्य -फोटो फिचर

मौलाकालिका : छोटो समयको एक सुन्दर गन्तव्य -फोटो फिचर
अ+ अ-

पूर्वी नवलपुर । वारि नारायणगढ बजार र पारि गैंडाकोटमा अब हपहपी गर्मी सुरु भैसकेको छ । अब आङले यसो शीतल सिरेटो खोज्ने बेला भएको छ । तर तराइको भूभाग, जाने कहाँ ?

यसो शीतल छहारी लाग्ने र डाँडामा बसेर मन बहकाउने नजिकैको ठाउँ हो मौलाकाली बन । अनि माथि टुप्पामा छ मौलाकालीको मन्दिर ।

मौलाकाली पछिल्लो समय नेपालका आन्तरिक पर्यटकको प्रमुख रोजाइको गन्तव्य बनेको छ । अहिले सबैका मुखमा यही छ कि– छोटो समयको सुन्दर गन्तव्यका रुपममा विकास भएको छ अहिले मौलाकाली क्षेत्र ।

नारायणगढबाट नारायणी नदीको पुल पार गर्ने बित्तिकै दाहिनेतिर दुई किलोमिटरभित्र जुनकुनै पनि सवारी साधनबाट मन्दिर प्रवेशद्वारमा पुगिन्छ । प्रवेशद्वारदेखि दुई मिटर चौडाइको पैदल हिँड्ने उकालो–ओरालो बाटोमा छपनी ढुङ्गा बिछाइएको मार्ग छ ।

बाटोमा सिद्धि विनायक गणेश, श्रीकृष्ण तथा देउराली देवीको पूजा–अर्चना र दर्शन गरी आत्मसन्तुष्टि लिन सकिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र निकै रमणीय हरियाली वातावरण भएकोले उकालो चढ्दा पनि थकान थोरैमात्रे महसुस हुन्छ ।

भञ्ज्याङ चौतारीहरुमा विश्राम गरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै बढीमा करिब एक घण्टाको पैदलै यात्रामा मौलाकालिका मन्दिरमा पुग्न सकिन्छ । मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब ४ किलोमिटर टाढा रहेको छ । समुद्र सतहदेखि ५६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित रहेको छ ।

चार सय ५० वर्षपहिला सेन राज्यको पतनसँगै ओझेलमा पर्न गएको मौलाकालिकाको मन्दिरतर्फ कसैको ध्यान जान सकेको थिएन । डाँडाको टुप्पामा एउटा सानो मन्दिर थियो, कहिलेकाँही स्थानीय आदिवासीहरु पूजा– अर्चना गर्थे । १६ औँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती छ ।

हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ शुरुवात को प्रतीक मानिन्छ । मन्दिरलाई स्थानीयस्तरमा धेरै पटक पुन:स्थापित गरिएको छ । थप आगन्तुकहरू समायोजन गर्न आधार क्षेत्र विस्तार गरिएको छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरहरूको बलिमाथि रोक लगाएको छ ।

मन्दिरका पुजारी समेत रहेका छवि खनालले भन्नुभयो– पछिल्लो समय पशुपन्छीको बलि दिएर पुण्य प्राप्त हुन्छ भन्ने सोचाईमा परिवर्तन भएको छ । जसका कारण बलिको साटो नरिबल चढाउने संस्कार बढ्दै गएको छ । उहाँले भन्नुभयो– पशु बलि दिएर अरुले जीबन लिनु गलत भएको यसबाट प्रतिफल पाइन्छ भन्ने सोचाई परिवर्तन भएको छ । यो सरकारत्मक पक्ष हो ।

यो रमणीय क्षेत्रमा निर्माणाधीन केबलकारले मौलाकालीका मन्दिरको महत्व झनै बढ्ने बताउँछन् त्यहाँ पुगेका स्थानीय तथा अरु जिल्लाबाट आएका आन्तरिक पर्यटक । उनीहरुका अनुसार आन्तरिक पर्यटकहरु धार्मिक र घुमघामको उद्देश्यका लागि यहाँ आउने छन् त्यसका लागि केबलकार निकै प्रभावकारी हुनेछ ।
मौलाकालिका मन्दिर लोकप्रिय हुनुभन्दा अगाडि गैँडाकोटका स्थानीय बासिन्दाहरुले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पूजा गर्दै आएका थिए । हाल अवस्थित मन्दिर १९९० को दशकमा मात्र बनेको थियो ।

विसं १९९० सम्म त्यहाँ ठूलो सालको रुख थियो भन्ने कथन रहेको छ । रुख वरिपरि दुङ्गाको पर्खाल थियो । खिया लागेर भष्म भैसकेका खुँद आकारका फलामका हतियारहरू थिए । धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिलारपत्थर थिए । आज पनि तिनीहरु भक्तजनहरुबाट पूजित हुँदै आएका छन् ।
मौलाकलिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट हजारौँ धार्मिक आस्था राख्ने मानिसहरू पूजा गर्न आउने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायम गर्न आउने गरेका छन् ।

पूर्व राष्ट्रपति रामवरण यादव, पूर्वराजा, पूर्वराजकुमार तथा पूर्वमन्त्रीसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले मन्दिरको भ्रमण तथा दर्शन गरिसकेका छन् । भारतका विश्व प्रसिद्ध योग गुरु बाबा राम देवले पनि सन् २०११ मा यो मन्दिरको भ्रमण गरिसक्नुभएको छ ।  पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी विसं २०७३ वैशाख ८ गते मन्दिरको भ्रमण गर्नुभएको थियो । त्यसबेला उहाँले मन्दिरहरूको आवासीय सुविधाको उद्घाटन गर्नुभएको थियो ।

यहाँबाट नवलपरासी, चितवन, तनहुँ एवं गोर्खा जिल्लामा पर्ने अग्ला अग्ला पहाड, डाँडा, भञ्ज्याङ, भीरपाखा र हिम–श्रृंखलाहरुका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि र राष्ट्रिय निकुञ्जको जंगल अवलोकन गर्न सकिन्छ । विसं २०३८ देखि संस्थागत पूजा–अर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्यहरु गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकहरुको संख्या उल्लेखनीयरुपमा बढेको छ ।

भगवतीको दर्शन र चरणमा गरेको भाकलहरुबाट मनोकांक्षा पूरा हुन्छ भन्ने भक्तजनहरुको विश्वास छ । स्थानीयवासीको सक्रियतामा संरक्षित सामुदायिक वन अहिले हराभरा भएको छ ।

गैँडाकोट, नारायणगढ, भरतपुर र चितवन नजिकैका नियमित पर्यटकहरु यस स्थानमा शीतलता महसुस गर्न, जंगलको विस्तृत मनोरम दृश्यहरुको अवलोकन गर्न यहाँ आउने गर्दछन् । साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरु करिब दुई हजार मिटर लामो सिँढी चढेर मन्दिरमा पुगेर पूजा अर्चना गर्दछन् ।

अब मन्दिरमा पुग्न भक्तजनहरुलाई सहज हुने भएको छ । आइएमइ ग्रुपले आगामी वैशाख १ गतेदेखि केवलकार सञ्चालन गर्दैछ । केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ ग्रुप र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहेको छ । आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो– कोरोनापछि नेपालीहरु धार्मिक स्थलहरुका भ्रमण गर्ने क्रम बढेको छ । यसैक्रममा मौलाकालीकामा निर्माण भएको केबलकारले आन्तरिक पर्यटक प्रबर्धन गर्न ठुलो भूमिका निर्वाह गर्छ ।

उहाँले भन्नुभयो– मौलाकालीको मन्दिर आफैमा प्रख्यात छ । पैदल आउन कठिन हुनेहरुका लागि केबरकार सहयोगी हुने विश्वास लिएका छौँ । स्थानिय बासिन्दा र नीजि क्षेत्रको साझेदारीका नमुना परियोजनाका रुपमा रहेको केबलबारको निर्माण कार्य १३ महिनामा नै लगभग पूरा गरेका छौँ । उहाँले भन्नुभयो “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभइ छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्छ”, ढकालले भन्नुभयो, “पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्छ ।”

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसरा स्थानीयले कम्तीमा रु ५० हजारदेखि बढीमा रु पाँच लाखसम्म लगानी गरेका छन् । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकाली कामन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको छ । मन्दिर जजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ ।

केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर हुनेछ । यसका लागि छ वटा टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने छन् । पाँच मिनेटमा केबलकारको यात्रा गर्नेछन् भने अरु केही मिनेट त्यहाँबाट ओर्लिएर हिँड्न सक्नेछन् ।
केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बीचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गरिएको केबलकारले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

नारायणगढ नेपालको पूर्वपश्चिम भूगोलको मध्यविन्दुमा पर्ने स्थान हो । देशका कैयौँ स्थानबाट यात्रा गर्ने व्यक्तिले सबैभन्दा बढी पुग्नेपर्ने क्षेत्र भनेको पनि नारायणगढ नै हो । यो स्थानमा कोही व्यक्ति दुई घन्टामात्र अडिनुपर्ने अवस्था आयो भने मानिस मौलाकालिका पुगेर ओर्लिन सक्छ । जस्तो कि त्यो व्यक्ति दश मिनेटमा मानिस मन्दिर पुग्न सक्नेछ भने अरु पाँच मिनेटमा तल झर्न सक्नेछ । बाँकी रहेको समय उसले सो गन्तव्यमा घुमेर, माथि रहेको होटलमा खाना खाएर र स्थानीय दृश्यावलोकनबाट अघाएर आफ्नो पुन: अर्काे गन्तव्यतर्फ लाग्न सक्नेछ ।