५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन: अध्यक्ष नेपाल

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएन: अध्यक्ष नेपाल
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको छ ।

शुक्रवार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्नुहुँदै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको हो । उहाँले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताउनु भयो । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उहाँको भनाई छ ।

उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राख्नुभयो । उहाँले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताउनु भयो । उहाँले कुनैपनि कुरामा दूरगामी सोँच राख्न नसकिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौंको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो । उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो । अहिले त्यहाँ हवाइजहाज छैन ल्याण्ड गर्नका लागि । उड्नका लागि । यात्रु छैन झर्नका लागि । चढ्नका लागि । भनेपछि हामीले आवश्यताको प्राथमिकीकरण पनि गर्दैनौँ । पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दशवटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनैपनि कुरामा दुरगामी सोचहरु पनि छैन ।’

अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरुमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताउनु भयो । भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उहाँको भनाई छ । उहाँले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो । मुख्य नेतृत्वहरुमा भ्रष्टाचार अन्त्य गर्ने इमान्दार प्रतिवद्धता नहुञ्जेलसम्म भ्रष्टाचारको अन्त्य गर्न नसकिने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबै समस्याको मुल कारण भनेको भ्रष्टाचारलाई देखेको छु । भ्रष्टाचार सबैभन्दा ठूलो महारोग हो । भ्रष्टाचारकै कारणले गर्दाखेरी हाम्रो सबै क्षेत्रमा समस्या देखिएका छन् । नीतिमा समस्या छ । परियोजना निर्माणमा समस्या छ । कुनै सम्झौता गर्ने कुरामा समस्या छ । योजनाको कार्यान्वयन गर्ने कुरामा समस्या छ । परिणामप्राप्त गर्ने कुरामा समस्या छ । गुणस्तरीय काम हुन नसक्ने कुरामा समस्या छ । सबै चिजहरुको कारण भनेको मैले भ्रष्टाचारमा देखेको छु । भ्रष्टाचारको अन्त्य अन्तबाट हुँदैन । त्यो माथि बाटै हुन्छ । मान्छे भन्छन् नि सिंहदरबारबाट हुन्छ । अर्थात टप लिडरसिपबाट हुन्छ । जबसम्म टप लिडरशिपमा म भ्रष्टाचार गफले होइन, नाराले होइन, साँचो अर्थमा इमान्दार प्रतिवद्धता व्यक्त हुँदैन । तबसम्म भ्रष्टाचारलाई अन्त्य गर्न सकिँदैन । तपाईले भ्रष्टाचार नगर्ने बित्तिकै भ्रष्टाचारीहरु डराउन थाल्छन् । आत्तिन्छन् ।’

अध्यक्ष नेपालले नेपालले विदेशीहरुसँग अनुचित सम्झौता गर्ने गरेको दाबी गर्नुभयो । उहाँले नेपालले विदेशीहरुसँग कुनैपनि सम्झौता गर्दा चुक्ने गरेको उल्लेख गर्नुभयो । उहाँले विदेशीहरुसँग भएको सम्झौताहरुको सम्बन्धमा किन अनुगमन हुँदैन ? भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेशीहरुसँग कुनै सम्झौता हुन्छ । त्यहीँ भित्र चुकेको हुन्छ । त्यहाँ चुकिसकेपछि हामी केही पनि गर्न सक्दैनौँ । किन चुक्छन् त ? यसको अनुगमन किन हुँदैन ? के निर्देशन दिएर पठाइन्छ ? हाम्रो सामुमा के बाध्यता आइलाग्छ ? किन उनीहरुको सामुन्य हामी झुक्नुपर्ने ? मलाइ त मन्त्रालयमा काम गरेका मान्छेले भनेका छन् कि विदेशीहरुसँग गरेका सम्झौताका कागज पल्टाएर हेर्ने हो भने कहालीलाग्दो छ । सबै शर्तै शर्त । अनुचित शर्त । ति अनुचित शर्तहरुमा हस्ताक्षर भएको छ । हस्ताक्षर गर्ने त हामी भित्रैका होलान् । मन्त्री कति जिम्मेवार ? सचिव कति जिम्मेवार ? डिजि कति जिम्मेवार ? सरकारको प्रमुख कति जिम्मेवार ? यि सबै कुराहरुको पछाडी, प्रत्यकका पछाडी अलग–अलग कारण हुन सक्लान् । या हामी राम्ररी अध्ययन गर्दैनौँ । त्यो भएर मैले सुनेको छु, बाहिर गइसकेपछि के गर्छन् ? सिमाना नाप्न जाने मान्छेहरुले के–के गर्छन् ? पारीपट्टी भोज भतेर कत्तिको चल्छ ? उनीहरुको झोलाहरु के भरिएर आउँछन् ? यि सबै चिजहरुको निम्ति त राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई राम्ररी थाहा हुनुपर्छ ।’

उहाँले कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधारशिला बनाउनुपर्ने बताउनु भयो । यसको निम्ति राज्यले उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।