२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनौति समाना गर्दै सफल भइन्छ– कप्तान किरण चेम्जोङ



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतिपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताउनुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा कप्तान किरण तयारी छोटो समय भएको र चुनौतिपूर्ण रहेको बताउनुभएको हो । भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरु सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिनुभयो । कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भएपनि एक अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताउनु भयो ।

यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आपूmले राम्रो टोली निमार्ण गरेको बताउनु भयो । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांस युवा खेलाडी समेटिएको उनले बताउनु भयो । लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निमार्ण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने बताउनु भयो ।

एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने बताउनु भयो । पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दैछ । यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीबिरुद्ध राम्रो खेल्ने बताउनु भयो । उहाँले भविष्यका लागि टीम बनाइरहेको भन्दै हाललाई लिगले गर्दा तयारी अपेक्षा अनुसारको गर्न नसकेको बताउनु भयो । तर नेपालबिरुद्ध प्रतिष्पर्धात्मक खेल खेल्ने बताउनु भयो ।

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताउनु भयो । उहाँले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताउनु भयो ।

यता पछिल्लो संस्करणको एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताउनु भयो । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको बताउनु भयो । युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसावले सक्षम भएको र शत प्रतिशत दिएर खेल्ने बताउनु भयो ।

भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताउनु भयो । पछिल्लो पटक दशिक्षण एशियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आपूm खुशी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको चेन्चोले बताउनु भयो । उनले टोलीमा केही अनुभवि खेलाडी समेटीएको र युवा प्रतिवान खेलाडीको सम्मिश्रण रहेका राम्रो खेल हुने बताउनु भयो ।

सिंगल राउण्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनासीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो ।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ । यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।