६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

संसद्मा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको आसनमा

संसद्मा कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षको आसनमा
अ+ अ-

काठमाडौँ । सरकारमा सहभागी हुने निर्णय गरेसँगै नेपाली कांग्रेस प्रतिनिधिसभाको सत्ता पक्षको बेन्चमा बसेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता पक्षको बेन्चमा कांग्रेस बसेसँगै प्रतिनिधिसभाका दलहरुको आसन पनि फेरिएको छ ।

प्रमुख प्रतिपक्षीको बेन्चमा अब नेकपा (एमाले) बसेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस प्रतिपक्षको र एमाले सत्ता पक्षको बेन्चमा बस्दै आएका थिए ।

तर गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि ऊ प्रतिपक्षको बेन्चमै बसेको थियो । गत फागुन १७ गते बोलाइएको संसद् बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्षीको दाबी गरेका थिए ।

तर राष्ट्रपति निर्वाचनमा पुस १० गते बनेको सत्ता समीकरणमा परिवर्तन भएपछि एमाले प्रमुख प्रतिपक्षी दल बन्न पुगेको थियो । एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

त्यस्तै सरकारबाट बाहिरिएसँगै समर्थन फिर्ता लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।