२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाका राजनीतिक दलद्वारा कालीगण्डकी डाइभर्सन आयोजना तत्काल फिर्ता लिन माग



अ+ अ-

काठमाडौ । स्याङ्जा जिल्लाका प्रमुख पाँच राजनीतिक दलहरुले नेपाल सरकारले यस वर्षको बजेटमार्फत् कालीकण्डकी तिनाउ डाइभर्सन आयोजना राखेकोमा व्यापक असन्तुष्टि  व्यक्त गरेका छन् । 

ती राजनीतिक दलहरुले नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालीकण्डकी रहेको र नेपालको धार्मिक, सांस्कृतिक तथा अन्य धेरै हिसाबले अति महत्वपूर्ण रहेको र यस नदी किनारमा रहेका स्याङ्जामात्र नभएर नवलपरासी, चितवन लगायतका जिल्लाका नागरिकको उठिबास बनाउने भन्दै त्यसको विरोध गरेका छन् । 

नदीको प्राकृतिक बाटो नै परिवर्तन गर्नेजस्तो काम अप्राकृतिक भएको भन्दै ती दलका नेताहरुले सम्बन्धित सरोकारवालाहरुसँग परामर्श नै नगरी एकतर्फी रुपमा ल्याइएको यो आयोजना राष्ट्रिय हित बिपरीत भएको आरोप लगाएका छन् । 

कालीगण्डकी वरपर बस्ने बासिन्दाहरुको प्राकृतिक बसोबासलाई पनि असर गर्नेगरी ल्याइएको यो आयोजनाले देशलाई हुने भनिएको लाभभन्दा पनि मानवीय क्षति बढी हुने स्पष्ट देखिएको उनीहरुको भनाई छ । 

यसबाट निर्माण लागतभन्दा आर्थिक क्षति बढी हुने देखिएको भन्दै ती राजनीतिक दलहका नेताहरुको यो आयोजना कुनै पनि हालतमा गर्न नदिने बताएका छन् ।

नेपाली काँग्रेसका कार्यबाहक सभापति बुद्धिबहादुर राना, नेकपा माओवादी केन्द्रका संयोजक देवेन्द्र घिमिरे, नेकपा एमालेका अध्यक्ष रामचन्द्र भट्टराई, जसपा नेपालका अध्यक्ष ख्याम नारायण ढकाल, राजमोका अध्यक्ष राजेन्द्र गैह्रेले आज विज्ञप्ति प्रकाशन गरेर उक्त कालीगण्डकी डाइभर्सन आयोजनाको विरोध गरेका हुन् ।