२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकु अस्पतालको निर्देशकमा डा. बाँस्तोला



अ+ अ-

काठमाडौं । डा. अनुप बाँस्तोला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा नियुक्त भएका छन्।

अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत रहेका बाँस्तोला निर्देशक नियुक्त भएका हुन्। 

डा. बाँस्तोलाले यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका उनले आजदेखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्।