६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजासहित चार पक्राउ



अ+ अ-

वीरगञ्ज । प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेको प्रहरीले जनाएको छ ।

जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शङ्का लागेर आज बिहान जाँच गर्ने क्रममा २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।