११ माघ २०८१, शुक्रबार
,
Latest
अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २०२५ एक्सन स्पोर्टस् एच डि १ ले प्रत्यक्ष… कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ ?



अ+ अ-

एजेन्सी । हामी सबैजसो मन्दिरमा पूजा गर्न जान्छौँ । तपाईले मन्दिरको ढोकामा घण्टी बाँधिएको देख्नुभएकै होला । सामान्यतया मानिसहरू मन्दिर भित्र जानु अघि घण्टी बजाउँछन् ।

यसपछि मात्र भगवानको पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्ममा मन्दिर बाहिर घण्टी बजाउने चलन शताब्दीयौं पुरानो हो तर के तपाईलाई थाहा छ मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ ? यसको पछाडि वैज्ञानिक र धेरै विशेष कारण छ ।

बिहान बेलुका मन्दिरमा पूजा–आरती हुँदा साना–ठूला घण्टी विशेष लय र धुनमा बजाइन्छ । घण्टी बजाउँदा मन्दिरमा स्थापित देवताको मूर्तिमा चेतना जागृत हुने जनविश्वास छ । यसपछि उनको आराधना र उपासना अधिक फलदायी र प्रभावकारी हुन्छ । आउनुहोस् जानौं मन्दिरमा घण्टी बजाउनुको वैज्ञानिक कारण के हो ?

पुराणमा भनिएको छ कि मन्दिरमा घण्टी बजाउँदा मानिसका धेरै जन्मका पाप नष्ट हुन्छन् । भनिन्छ सृष्टि सुरु हुँदा जुन आवाज गुंजिएको थियो, घण्टी बज्दा पनि त्यही आवाज आउँछ । घण्टीलाई सोही आवाजको प्रतीक मानिन्छ ।

मन्दिर बाहिरको घण्टीलाई घण्टे कालको प्रतीक मानिन्छ । यो पनि विश्वास छ कि जब पृथ्वीमा विनाश हुनेछ, त्यो बेला पनि घण्टी बज्ने जस्तै आवाज वायुमण्डलमा सुनिनेछ । मन्दिरमा घण्टी बजाउनुको पछाडि धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छन् ।

बैज्ञानिकहरुका अनुसार घण्टी बज्दा वातावरणमा कम्पन उत्पन्न हुन्छ र यो वायुमण्डलका कारण धेरै टाढासम्म पुग्छ । यस कम्पनको फाइदा यो हो कि यसको दायरा भित्र आउने सबै ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू नष्ट हुन्छन् । यसले मन्दिर र वरपरको वातावरणलाई शुद्ध बनाउँछ ।

भनिन्छ जुन स्थानमा घण्टी बज्ने गर्छ, त्यहाँको वातावरण सधैं शुद्ध र पवित्र रहन्छ । घण्टी बजाउँदा नकारात्मक उर्जाहरु हट्ने मान्यता पनि छ । यसले जनताका लागि समृद्धिको ढोका खोल्छ ।