५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफ बने ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर



फाईल फोटो
अ+ अ-

काठमाडौं । ओपनर आसिफ शेख नेपालको लागि ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पिएनजीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे ।

आसिफले पिएनजीका चाद सोपरको आठौं ओभरको चौथो बलमा छक्का हान्दै २१ बलमा अर्धधशतक पूरा गरेका थिए । अन्तिम आठौं ओभरको चार बलमा मात्र आसिफले २० रन बटुलेका थिए । उनले यस ओभरमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए । यसअघिको ओभरसम्म भने आसिफले १७ बलमा ३३ रनमा खेलेका थिए ।

यसअघि नेपालबाट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध सोमपाल कामीले ३८ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओडिआईमा विश्व क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक दक्षिण अफ्रिकाका पूर्व ब्याटर एवि डिभिलिर्यले बनाएका छन् । डिभिलिर्यले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक पुरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक ज्ञानेन्द्र मल्लले बनाएका छन् । उनले २०२० मा मलेसियाविरुद्ध टि२० आईमा २० बलमा अर्धशतक पूरा गरेका थिए । टि२० आईमा भारतीय ब्याटर युवराज सिंहले १२ बलमा नै अर्धशतक पूरा गरेका थिए ।

नेपालको लागि कप्तान रोहित पौडेलले ओडिआईमा ८ अर्धशतक प्रहार गरेका छन् ।यस्तै, ज्ञानेन्द्र मल्लले ७, कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ४–४ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रसिंह ऐरीले ३, पारस खड्का र देव खनालले २–२ अर्धशतक प्रहार गरेका छन् ।