६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीलाई हराउदै नेपाल विश्वकप छनोटको करिबमा



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई हराएको छ । पीएनजीले जितको लागि दिएको सामान्य ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । ओडिआई करिअरमा आसिफको यो आठौं अर्धशतक हो । अर्का ओपनर कुशल भुर्तेल ३३ रन बनाएर आउट भए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो । पीएनजीको लागि आसद भालाले सर्वाधिक २० रन बनाए । यस्तै, सेसे बाउ १८, हिरि हिरि१४ र चाल्स अमिनि १६ रन बनाएर आउट भए । पीएनजीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुईरदुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

नेपालले अव विहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा पनि नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । यससँगै,नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ ।