४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

संक्रमणकालीन न्याय र नेपालको पीडा !

संक्रमणकालीन न्याय र नेपालको पीडा !
अ+ अ-

सिद्धान्तत: संक्रमणकालीन न्याय एक टाइम टेस्टेड अवधारणा हो। यो चुनौतिपूर्ण छ, तर असम्भव छैन ।

तर नेपालमा यो विस्तृत शान्ति सम्झौताको शब्द र भावनानुसार अगाडि बढ्न सकेन । त्यो साह्रै दुस्खको कुरा हुन पुगेको छ । सत्ता प्राप्तिको अभियानमा देशका राजनैतिक दलहरुले यसलाई मात्र भर्‍याङको रुपमा प्रयोग गरे । कहिले मिलेर सत्ता चलाए, कहिले झगडा गरेर बिताए । परिणामतस् यो न घर न घाटको अवस्थामा पुगेको छ ।

संक्रमणकालीन न्यायको सम्वन्धमा देशको सम्मानित सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगबाट धेरै पटक व्याख्या र विश्लेषण भै सकेको विषय हो । तर, राजनैतिक दलहरुले यसलाई परिणाममूखी बनाउने भन्दा सत्ता प्राप्तिको बार्गैनिङ टूल्स बनाएको महशुस हुन्छ । संक्रमणकालीन न्यायको बारेमा राजनैतिक दलहरु गम्भीर भएनन् भने देशले महासंकट भोग्नु पर्ने स्थित पनि आउन सक्दछ ।

संक्रमणकालीन न्यायको स्पष्ट अर्थ भनेको सत्यको सामना गर्नु ९सत्य(तथ्यको विस्तृत अध्ययन गरेर प्रतिवेदन तैयार गर्नु०, शान्ति तथा मेलमिलापको वातावरण निर्माण गर्नु, पीडित तथा प्रभावितहरुको निम्ति पर्याप्त राहत, परिपुरण र क्षतिपूर्ति प्रदान गर्नु र गम्भीर तथा मानवता विरुद्धको अपराधका घटनाहरुमा न्यायपूर्ण प्रकृया अङ्गिकार गर्नु हो ।

यसो गर्दा ‘बिर्स र क्षमा गर’ को आधार नभै ‘नबिर्स तर क्षमा गर’ (forgive but not forget) को सिद्धान्तमा अगाडि बढ्नु पर्दछ । वास्तवमा यहि अवधारणा नै देश र जनताको हित अनुकुल हुने विश्वास गर्न सकिन्छ । अन्यथा, देश फेरि अर्को चरणको द्वन्द्वमा फस्न सक्दछ ।

त्यसैले, यसको निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेलको पछाडि नलागी देश र जनताको सर्वोपरि हितलाई प्राथमिकतामा राखेर होम ग्रोन प्रोसेस् लाई आँगाल्न सक्नु पर्दछ । राजनैतिक दलहरु, नागरिक समाज र द्वन्द्व प्रभावितहरुको बिच यस बिषयमा विस्तृत खाले समझदारी कायम हुन जरुरी छ ।

प्रधान मानव अधिकार रक्षक तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य हुनुहुन्छ ।