६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको समर्थनपछि पौडेलको प्रतिक्रियाः अब राष्ट्रिय सहमति भयो



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका रामचन्द्र पौडेलले राष्ट्रिय सहमति भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफूलाई मत दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भन्नुभयो, ‘अब लगभग राष्ट्रिय सहमतिमा पुगियो । हामी निर्वाचनको परिणामको प्रतीक्षामा छौ ।’

बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपति निर्वाचन संघीय संसद भवनमा जारी छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।