२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८४ अघि कांग्रेस–एमाले सहकार्य सम्भव छैन– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विसं २०८४ अघि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य नहुने बताउनुभएको छ ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग उहाँले विसं २०८४ पछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरुले सत्ता पक्षका रुपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताउनुभयो ।

यसअघि राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस एक ठाउँमा नआउने भनेर कसम नखाएको बताउनुभएको थियो । “राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम आएको छैन”, उहाँले भन्नुभएको थियो ।

केहीबेरपछि मतदान गर्नुभएका कांग्रेस महामन्त्री थापाले एमालेले पुस १० मा कांग्रेसलाई धोका दिएकाले फेरि ऊसँग संसद्को यो कार्यकालमा सहकार्य नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एउटै कुरामा एउटा पार्टीलाई कतिपटक धोका दिने रु पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो ।