२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 1.54

Humidity: 56

Latest
दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन आचारसंहिता: पोस्टर टाँस्न नपाइने



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।

त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन । यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एकै रङ भएको मात्रै प्रचारप्रसार गर्न पाइनेछ ।

आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् । गत फागुन १९ गते निर्वाचनका लागि विद्यार्थी सङ्घ सङ्गठन दर्ता भएका छन् । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । रासस