६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायको काम २ वर्षमा सक्छौँ: मन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयक ल्याउने निर्णय भएको बताउनुभएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले अघिल्लो संसद्मै विधेयक लगेर समितिमा पुगेको तर प्रतिवेदन तयार पार्ने क्रममा कार्यकाल सकिएको बताउनुभयो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको थियो । सरकारले नयाँ विधेयक फेरि अगाडि बढाउने निर्णय गरेको भन्दै उहाँले अनन्तकालसम्म नभई यसको काम २ वर्षमा सकिसक्ने भनेर आयोगको अवधि नै २ वर्ष तोकेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई आधार बनाएर संक्रमणकालीन न्यायको विषय नियमित अदालतमा लैजान प्रयास भइरहेको मन्त्री शर्माको भनाइ थियो ।