२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले आफ्नो कार्यकालमा असम्भव काम गरेर देखाएको छु: माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव काम गरेर देखाएको दाबी गरेका छन्।

राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार टुंगोमा पुर्‍याउन सबैले भूमिका खेल्नुपर्ने बताए।

‘मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु। शान्ति प्रक्रियाको त्यो महत्त्वपूर्ण काम माओवादी सेनाको कन्टेनमेन्टहरुलाई सरकारको मातहतमा ल्याउने काममा मैले नै महत्त्वपूर्ण काम गरेका छु। काम गर्ने असर र आँटिला मान्छेहरू पनि यस धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छ।’ नेपालले भने, ‘अहिले एकले अर्कालाई सजाय दिने दण्ड दिने भन्नुपर्दा पनि यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार आधारमा नै टुंगो लगाउनुपर्छ। सत्य निरूपण, बेपत्ता छानबिन आयोग बनेको छ।’