६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा उपचाररत यी दुई सांसदले गर्ने छैनन् राष्ट्रपतिको निर्वाचनमा मतदान



अ+ अ-

काठमाडौँ । मुलुकको सर्वोच्च पद राष्ट्रपतिको लागि भोलि बिहीबार निर्वाचन हुँदैछ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण भइसकेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

यसैबीच राष्ट्रपति निर्वाचनमा दुईजना संघीय सांसद् मतदान गर्नबाट छुट्ने भएका छन् । सांसदद्वय चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने भएका हुन् ।

नेपाली कांग्रेसका सांसद् भण्डारी र माओवादी केन्द्रका सांसद् पुन विदेशमा उपचाररत छन् । भण्डारी भारतमा र पुन चीनमा उपचारत छन् ।

गत फागुन ४ मा आगलागीमा परी घाइते भएका भण्डारीको अहिले मुम्वइस्थित बर्न अस्पतालमा उपचार जारी छ । यस्तै जण्डिसका कारण बिरामी परेका पुनको चीनको बेइजिङस्थित एक अस्पतालमा उपचार जारी छ ।

संघीय संसद्का २७५ सांसद्‍मध्ये २७० जनाले मात्रै मतदान गर्नेछन् । सांसद्मा निर्वाचित भएपनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद् पद खारेज भएको छ भने जनता समाजवादी पार्टीकी सांसद् सहनाज रहमानको फागुन १३ गते निधन भएको छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।