३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गौतमको हत्यामा संलग्न सार्वजनिक

गौतमको हत्यामा संलग्न सार्वजनिक
अ+ अ-

गलकोट । गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा मृतावस्थामा फेला परेको थियो ।

मृतावस्थामा फेला पर्नुभएको गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ ।

गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।

आठ महिनामा ५० हिंसाका घटना

आठ महिनामा यहाँ ५० महिला हिंसाबाट पिडित भएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखी हालसम्म ५० महिला हिंसासम्बन्धी निवेदन दर्ता भएकाअल्पकालिन महिला सेवा केन्द्र बागलुङले जनाएको छ ।आफै सम्पर्कमा आएका २९ र जिल्ला प्रहरी कार्यालयमार्फत आएका २१ निवेदन दर्ता भएका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिनुभयो ।

पचासमध्ये २० घटना यौनजन्य दुव्र्यवहारसम्बन्धी, १० घरेलु हिंसा, ११ सम्बन्ध विच्छेद, पाँच आर्थिक हिंसा, एक बहुविवाह, एक हाडनाता करणी, एक अंशमुद्दा र एक बेवारिसे अवस्थासम्बन्धी मुद्दा रहेका रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्ता भएका मुद्दामध्ये १३ बागलुङ नगरपालिकाका, पाँच जैमिनीका, तीन गलकोटका, चार ढोरपाटनका, सात काठेखोलाका, दुई ताराखोला, पाँच बडीगाड, चार निसीखोलाका, एक तमानखोलाका र अन्य जिल्लाका छ मुद्दा रहेका छन् । सङ्ख्यात्मकरुपमा बागलुङ नगरपालिकामा धेरै उजुरी देखिए पनि अन्य पालिकामा समस्या भए पनि न्यायका लागि जिल्लासम्म नआएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।