५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरबाट लागुऔषध गाँजासहित एक भारतीय पक्राउ



अ+ अ-

हेटौंडा । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका–५ चैनपुरबाट लागुऔषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बिस्रामपुर बस्ने ५५ वर्षीय राजेस्वर महतो रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो २ बजेको समयमा प्रहरी टोलीले मनहरीखोलाको कच्ची सडक बगरमा शङ्कास्पद अबस्थामा पैदल हिडिरहेको महतोलाई सुरक्षाजाँच गर्ने क्रममा शरिरमा डोरीले बाँधी लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा २ किलो ३ सय ग्राम फेला पारेको हो ।

महतोलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।