३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटक पर्खिरहेको हाँडिकोट

पर्यटक पर्खिरहेको हाँडिकोट
अ+ अ-

बलेवा । यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन् ।

सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराए जस्तो हुन्छ ।

यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ । बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् । जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हो हाँडिकोट ।

समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटक नियमित पुगेका हुन्छन् । हाँडिकोटले जति प्राकृतिक र पौराणिक महत्व बोकेको छ त्यति पर्यटक भित्र्याउन नसकेको जैमिनी–१० राङ्खानीका मित्र थापा बताउनुहुन्छ ।

बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडिकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीला सुसज्जित हाँडिकोट पुगेर पहाडको खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आज भोलि दिनदिनै पुग्छन् ।

विस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचारप्रसारमा सरकारी निकायको भन्दा स्थानीयको जोड छ । हाँडिकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गर्ने र आन्तरिक पर्यटक पुर्‍याउने गर्न थालिएको छ । यस वर्ष हाँडिकोटमा चौथो हाँडिकोट महोत्सव हुँदैछ । हाँडिकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो ।

हाँडिकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । यस पटक फागुन १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडिकोटमा महोत्सव आयोजना गरिएको थापाले बताउनुभयो ।

महोत्सवमा आयोजना गरिने भलिबल खेलमा सहभागी हुने खेलाडी, सांकृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आउने दर्शकले हाँडिकोटको प्रचार गर्ने संस्थाको विश्वास छ । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारको पनि प्रदर्शनी गरिने छ । यसले हाँडिकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ ।

यसअघि पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडिकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको नगर उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । हाँडिकोटको पर्यटन विकास र यसलाई अझै आर्कषक बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले लगानी बढाएको छ ।

हालसम्म दृश्यावलोकन स्तम्भ, प्रतिक्षालय निर्माण, मन्दिर निर्माणका लागि रु २२ लाख खर्च गरिसकिएको छ भने यस वर्ष खानेपानी व्यवस्थापनका लागि रु नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताउनुभयो ।

माथि डाँडामा पानीको स्रोत नभएका कारण झन्डै पाँच सय मिटर तल खानेपानीको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रविधिबाट माथि लैजाने योजना छ । आगामी आर्थिक वर्षमा पनि दृश्यावलोकन स्तम्भमा रेलिङ र तारजालीका लागि रु तीन लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

हाँडिकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरेमा गनिन्छ  । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन् । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ । त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना छ ।

व्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडिकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन् । हाँडिकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक घरवास सञ्चालनमा छन्  । घरवासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ । घरवासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटल पनि पर्याप्त मात्रामा छन् । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडिकोट महोत्सवसमेत गरिँदै आएको छ । सदरमुकाम बाग्लुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा व्याडथला पुग्न सकिन्छ । रासस