२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट : नेपालद्वारा युएईलाई १ सय ९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८। ५ ओभरमा १ सय ९१ रन बनाउँदै अल आउट भयो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकिय इनिङ खेले । देव बाहेक नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाउदा उत्तम थापा ३६ रन बनाएर आउट भए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका लागि धुव्र पराशरले ३ विकेट लिए । यस्तै, हरिस शेठ्ठी, र आयान खानले समान २/२ विकेट लिए भने हर्शित शेठ र अम्मर बदामीले समान १/१ विकेट लिए ।

नेपालले यस खेलमा यूएईलाई हराए आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।