२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेट जाँदा केटालाई बिल तिराउन चाहन्छिन् नोरा



अ+ अ-

एजेन्सी । भारतीय कमेडि रियालिटी शो कपिल शर्मा शोको नयाँ प्रोमो हालै सार्वजनिक भएको छ । शोको यस एपिसोडमा अक्षय कुमार, मौनी रोय, नोरा फतेही र सोनम बाजवा अतिथिको रुपमा आउनेछन् ।

शोको क्रममा, कपिलले अर्चना पूरन सिंहलाई ठट्टा गर्दै नोराले मिडियामा केटा र केटी डेटमा गए भने केटाले सधैं बिल तिर्नु पर्छ भनेर मिडियामा बयान दिएको बताएका थिए ।

यसैमा अर्चना नोरालाई भन्छिन्– ‘अब समय बदलिएको छ, संसार बदलिएको छ । अहिले महिलाले पैसा तिरिरहेका छन् ।’ अर्चनाको कुरा सुनेर नोराले भनिन्– ‘तपाईले बिल तिर्न सक्नुहुन्छ तर म सक्दिनँ ।’

शोको यो भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ ।