५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै उपसभामुखको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले बैठकमा खालि सिट देख्दा देखिन थालेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफुलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताउनु भयो ।

उहाँले आफुले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताउनु भयो । उहाँले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गर्नुभयो । उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खालि खालि सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु । मन दिएर, दिल दिएर काम गर्छु । तर त्यसरी कति माननीयज्यूहरु नआउनु हुँदाखेरी मलाई एकदमै दुःख लाग्छ । भोलि हामीले जनतालाई के उत्तर दिने ? त्यस्तो पनि लाग्छ । र मैले कसरी हुन्छ मेरो ठाउँबाट कसरी मैले उहाँहरु सँग साथी जस्तो भएर जनताको कुराहरुलाई हामीले सम्बोधनमा अनुशासित भएर, मर्यादित भएर उठाउने छौँ र विधेयकहरु बनाउने छौँ । कति विधेयकहरु निष्क्रिय बनेको छ ।’

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताउनु भयो । आफु उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसि जनताका कुराहरु सुन्न जिल्ला–जिल्लामा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘माननीयहरुले मलाई आमा भन्नुहुन्छ, आमा नै त्यहाँ उपसभामुख हुनुभयो भने कर्णालीको कुरालाई पनि उठाउनुहुन्छ । सुदूरपश्चिमको कुरालाई पनि उठाउनुहुन्छ । हिमालको कुरा उठाउनुहुन्छ । उहाँले एउटै व्यवहार गर्नुहुन्छ भन्ने उहाँहरुको एउटै स्वर थियो । त्यसैले आज मैले उपसभामुख हुने मौका पाएको छु । अनि गठबन्धनले पनि भोट दिए । सबैले मन पराएर म उपसभामुख भएकी छु ।

मैले मेरो पाँच वर्षको कार्यकाललाई हतोत्साही नभइकन अविचलित भएर, निडर, तटस्थ भएर आम नेपाली जनताहरुको आवाजलाई मैले सम्बोधन गर्ने प्रयास गर्नेछु । म राजधानीमा मात्रै बस्ने होइन जुम्ला, कर्णाली, अन्यपनि मैले योजना बनाएको छु । उपसभामुख भएको एक महिना भएको छैन मैले पाँचवटा जिल्ला भिजिट पनि गरिसकेँ । खर्च छ । दुःख छ तरपनि जबसम्म हामी फिल्डमा गएर बुझ्दैनौँ । जनताका आवाजहरु आफ्नै कानले सुन्दैनौँ, आफ्नै आँखाले देख्दैनौ, तबसम्म त्यो कुराहरु संवेदनशिल भएर हुँदैन ।’

उपसभामुख रानाले महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताउनु भयो । राज्यका निकायमा ५० प्रतिशत महिला पु¥याउन प्रयास गर्नुपर्ने उहाँको भनाई छ । महिलाहरु पार्टीको ‘रबरस्ट्याम्प’ बन्नु नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी महिलाहरुले महिलाहरुलाई हरेक तहमा ३३ प्रतिशत भन्दैछौँ भने ५० प्रतिशत, त्योभन्दा बढेर पनि जानसक्ला । त्यहाँ हामीले प्रयास गर्नुपर्छ । महिलाहरुलाई समावेशिता र समानुपातिकताको आधारमा पद दिने होइन । हामी एउटा राजनीतिक पार्टीको रबरस्ट्याम्प हुने होइन । हामीले आफ्नो ठाउँमा आफ्नो भुमिका खोजिहाल्नु पर्छ । आफ्नो काम पनि गर्दै जाने, काम गर्ने मान्छेलाई कसैको अधिकार, कसैको पर्मिशन चाहिँदैन भन्छु म । काम गरेपछि झुक्नैपर्छ जो पनि मान्छे । म त्यो भन्छु ।’

उपसभामुख रानाले सिमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताउनु भयो ।